जानकी मन्दिर फुलबारीको पर्खाल डोजरले भत्काइयो, यस्तो छ कारण


टुडेखोज/ जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका ३ स्थित विश्व प्रसिद्ध जानकी मन्दिरको फुलबारीको पर्खाल डोजरले भत्काइएको छ ।

सडक विस्तारको क्रममा जग्गा अतिक्रण गरी फुलबारीको पर्खाल निर्माण गरिएको भन्दै आईतवार साँझ डोजरले भत्काइएको छ । केहि निजी घर बचाउन जानकी मन्दिर अगाडीको फुलबारीको जग्गा अतिक्रण गरेको भन्दै विगत लामो समयदेखि विवाद चल्दै आएको थियो ।

जनकपुरधाम उपमहानगर ३ का वडाध्यक्ष दीपेन्द्र साहले अतिक्रमणमुक्त गर्नकै लागि फुलबारीको पर्खाल भत्काएको दावी गरेका छन् । उनले ८५ लाख रुपैयाको चलखेल गरी निजी घर बचाउन फुलवारीको जग्गा अतिक्रमण गरेको दावी गर्दै आएका थिए ।

मन्दिरको सिट नम्बर १३५५/२४ को कित्ता नम्बर ८ को साविक क्षेत्रफल ३ कठ्ठा १० धुर रहेको छ । जसमध्ये केहि जग्गा अतिक्रमण भएको दावी गरिदै आएको छ ।

प्रकाशित : २०७७ भाद्र २८, आईतवार २०:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ