धम्की दिएको आरोपमा पक्राउ परेका भारतीय ठेकेदार रिहा


टुडेखोज/ इनरुवा : कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीलाई ज्यान मार्ने धम्की दिएको भन्दै पक्राउ परेका भारतीय निर्माण व्यवसायी (ठेकेदार) बब्लु भगतलाई प्रहरीले रिहा गरेको छ ।

ठेकेदार भगतले शुक्रबार राती मोवाईल फोनबाट कोशी गाउँपालिका अध्यक्ष अन्सारीलाई ज्यान मार्ने धम्की दिएको थियो । त्यसपछि अध्यक्ष अन्सारीले प्रहरीमा उजुरी गर्दा ठेकेदार भगतलाई तत्कालै पक्राउ गरिएको थियो ।

धम्की दिएको कुरा पुष्टि नभएपछि आईतवार ठेकेदार भगतलाई सुनसरी प्रहरीले छाडेको बताइएको छ ।

स्रोतका अनुसार अध्यक्ष अन्सारीले ठेकेदार भगतलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेका थिए । सोही निहुँमा अर्काको मोवाइलबाट अध्यक्ष अन्सारीको मित्रको मोवाइलमा ठेकेदार भगतले धम्की दिएका थिए ।

https://todaykhoj.com/todaykhoj1/19401
प्रकाशित : २०७७ भाद्र २९, सोमबार ०८:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ