प्रदेश २ का २८ जनासहित देशभर १०२ पत्रकारमा कोरोना संक्रमण


टुडेखोज/ काठमाडौं : प्रदेश २ का २८ जनासहित देशभर अहिलेसम्म १०२ जना पत्रकारमा कोरोना भाइरस पुष्टि भएको छ ।

सबैभन्दा बढी प्रदेश २ कै पत्रकार संक्रमित पाइएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघका अनुसार प्रदेश १ मा १७, वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा १५, प्रदेश ५ मा १२ र कर्णाली प्रदेशमा चार जनामा कोरोना पुष्टि भएको छ ।

महासंघका सचिव प्रकाश थापाले दिएको जानकारी अनुसार सुदूर पश्चिम कुनै पनि पत्रकारमा कोरोना पुष्टि भएको छैन ।संक्रमितमध्ये केही निको भइसकेका छन् भने केही उपचाररत अवस्थामा रहेको उनको भनाइ छ ।

कार्यस्थलमा गई खटिने पत्रकार, फोटो पत्रकारमा बढी सङ्क्रमण देखिएको महासंघका महासचिव रमेश विष्टले जानकारी दिए । कतिपय पत्रकार संक्रमित भएर आइसोलेशनमा बस्दा पनि कामलाई भने निरन्तरता दिएका छन् ।

प्रकाशित : २०७७ भाद्र २९, सोमबार १५:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ