सिरहा पुगेर मुख्यमन्त्री राउतले भने- अतिक्रमित सबै जग्गा फिर्ता हुन्छ


टुडेखोज/ सिरहा : मुख्यमन्त्री लालबाबु राउतले विभिन्न व्यक्ति तथा संस्थाले अतिक्रमण गरेको बनको जग्गा चाँडै फिर्ता हुने बताएका छन् ।

सिरहाको चोहर्वामा बनको जग्गा अतिक्रमण गरेको भन्दै आन्दोलनरत समूहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले राज्यको सम्पति कसैले पनि अतिक्रमण गर्न नपाउने र प्रदेश सरकार गर्न पनि नदिने बताए । उनले विगतमा विभिन्न जालझेल गरि अतिक्रमण गरिएको जग्गा तत्काल अतिक्रमणमुक्त हुने आश्वासन दिए ।

अतिक्रमित जग्गा फिर्ता हुनुपर्ने मांगसहित आन्दोलन जारी रहेको अवस्थामा सिरहाको चोहर्वा पुगेका मुख्यमन्त्री राउतले सरोकारबला निकायहरु प्रमुख जिल्ला अधिकारी, वनअधिकृत, मालपोतका प्रमुख, सुरक्षा प्रमुखहरुसंग जग्गाको अवस्था र फिर्ता प्रक्रियाबारे छलफल गरेका छन् ।

छलफलको क्रममा मुख्यमन्त्री राउतले अतिक्रमित जग्गा अविलम्ब फिर्ता गराउन निर्देशन दिए । उनले आवश्यक पर्ने हरेक प्रकारको निर्णय गर्न प्रदेश सरकार तयार रहेको आश्वासन समेत दिए ।उनले जग्गा फिर्ता मात्र नभई विगतमा जालझेल गरेकाहरुमाथि कारबाहीको प्रक्रिया थाल्न समेत निर्देशन दिए ।

सिरहाको गोलबजारमा पछिल्लो साता मात्र बनको २ विग्घा ९ कट्ठा जग्गा फिर्ता भएको छ ।

प्रकाशित : २०७७ भाद्र २९, सोमबार १७:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ