राजविराजमा हट्यो निषेधाज्ञा, तर सार्वजनिक गाडी नचल्ने (सुचनासहित)


टुडेखोज/ राजविराज : कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि राजविराज नगरपालिकामा जारी गरिएको निषेधाज्ञा हटाउने निर्णय गरिएको छ ।

आज सोमवार बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट निषेधाज्ञा हटाउने निर्णय गरिएको छ । सोमवार राति १२ बजेपछि राजविराजमा निषेधाज्ञा हटने जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्दकुमार ठाकुरले जानकारी दिए ।

उनका अनुसार राजविराजमा निषेधाज्ञा हटाइएपनि सार्वजनिक सवारी साधन भने सञ्चालन गर्न पाउने छैन् । निजी सवारी साधन भने स्वास्थ्य मापदण्ड पालना गरी जिल्लाभर मात्र सञ्चालन गर्न पाइनेछ ।

निषेधाज्ञा हटाइएपनि स्वास्थ्य मापदण्ड पुरा गरी अत्यावश्यक सेवाहरु सञ्चालन गर्न दिने निर्णय भएको बताइएको छ ।

प्रकाशित : २०७७ भाद्र २९, सोमबार १८:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ