अनसन बसेकै निहुँमा राज्यले मलाई मार्ने प्रयास गर्यो : नेता पासवान


कुलदिप प्रेम/ जनकपुरधाम : बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले केपी ओली नेतृत्वको सरकारले जनतालाई भेडाबाख्रा सम्झिरहेको आरोप आरोप लगाएका छन् ।

सोमवार जनकपुरमा पत्रकार सम्मेलन गरी पूर्वमन्त्री समेत रहेका अध्यक्ष पासवानले यस्तो आरोप लगाएका हुन् । उनले ओली सरकारले देशमा राणा शाषनको जस्तो कार्यशैली प्रदर्शन गरिरहेको आरोप पनि लगाए । उनले जनता हत्या हिंसाको शिकार भईरहेपनि सरकारका मन्त्री र सांसदहरु चुप लागेको बसेकोमा आपत्ति जनाए ।

उनले प्रदेश २ सरकार पनि जनताको जिवनसँग खेलवाड गरिरहेको टिप्पणी गरे । ‘सरकारले नै जनताको हत्या गराईरहेको गम्भिर आरोप लगाउँदै देशमा मुस्लिम, दलित, जनजाती, पिछडावर्ग, महिला लगायत कुनै समुदाय तथा वर्ग पनि सुरक्षित नरहेको जिकिर गरे ।

अध्यक्ष पासवानले प्रहरी प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि जनाए । उनले केपी ओलीको सरकारले प्रहरीलाई गुण्डा बनाएर राखेको आरोप समेत लगाए । मुख्यमन्त्री लालबाबु राउत रौतहट घटनामा संलग्न प्रहरी अधिकारीहरुलाई निलम्बन गर्ने पक्षमा नरहेको दावी गरे । उनले मुख्यमन्त्री समेत गुण्डाको पहरेदार भई मुकदर्शक बनेर बसेको आरोप लगाए ।

‘प्रहरीको थुनाभित्र मृत्यु भएका विजय रामको हत्यारालाई कारवाहीको माग गर्दै आमरण अनसनमा बसेको थिए’, उनले भने, तर आफूलाई प्रहरीले होटलमा बन्दी बनायो ।’ कोरोनाको बहानामा आफुलाई राज्यले मार्ने प्रयास गर्यो– उनले थपे ।

बलात्कृत किशोरीसँग भेटघाट

अध्यक्ष पासवानले सोमवार नै धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा पुगेर एक बलात्कृत किशोरीलाई भेटेका छन् ।

उनले किशोरीसँग घटनाबारे जानकारी लिँदै दोषीमाथि कडा कारबाही हुने आश्वासन दिए । उनले बलात्कारमा संलग्न अपराधीलाई कडा कारबाहीका लागि मैले पहल गर्ने बताए ।

अध्यक्ष पासवानले पीडितको आर्थिक अवस्था कमजोर रहेको थाहा पाएपछि घर बनाइदिने घोषणा समेत गरे । उनलाई स्थानीय दलित अधिकारकर्मी सरयुग दासले सम्मान समेत गरेका थिए ।

प्रकाशित : २०७७ भाद्र २९, सोमबार १९:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ