वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने सरकारको निर्णय


टुडेखोज/ काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय सरकारले गरेको छ ।

सरकारले राष्ट्रियसभाको रिक्त एक सदस्यका लागि गौतमलाई राष्ट्रपति कहाँ सिफारिस गर्ने निर्णय सरकारले गरेको हो । भदौ १८ गते नै सत्तारुढ नेकपाले पार्टी संगठन विभाग प्रमुखसमेत रहेका गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारेमा निर्णय लिन सकेका थिएनन् । ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर सोमबारको मन्त्रिपरिषद्‍बाट वामदेवलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेका हुन् ।

सरकारको सिफारिससँगै अब राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्ने कोटाबाट गौतम राष्ट्रियसभामा प्रवेश गर्नेछन् । मन्त्रिपरिषद् बैठकबाट सिफारिस गरेपछि राष्टपतिले उनलाई मनोनित गर्ने छिन् ।

गौतम बर्दियामा प्रत्यक्षबाट निर्वाचनमा पराजित भएका थिए ।

प्रकाशित : २०७७ भाद्र २९, सोमबार २१:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ