सिमा नाका असोजभर बन्द नै राख्ने सरकारको निर्णय


काठमाडौं : सरकारले अन्तर्राष्ट्रिय सीमानाका असोजभर बन्द नै राख्‍ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

भारतमा कोरोना भाइरसको फैलँदो संक्रमणलाई देखेर सीमानाका असोजभर बन्द नै राख्‍ने निर्णय लिएको एक मंत्रीले जानकारी दिए । उनले भने, ‘तर अन्तर्राष्ट्रिय सीमानाका असोजभरलाई बन्द नै राख्‍ने निर्णय गरिएको छ ।’

सरकारले नेपालीको आवातजावतका लागि यसअघि नै देशका मुख्य २० वटा नाका निर्धानरण गरिसकेको छ । भारतमा पछिल्लो समय दैनिक ८० देखि ९० हजारको दरमा कोरोना संक्रमित भेटिन थालेको छ ।

भारतमा संक्रमित बढी भेटिन थालेका कारण सीमानाका बन्द नै राख्‍ने निर्णय सरकारले गरेको बताइएको छ ।

प्रकाशित : २०७७ भाद्र ३०, मंगलवार ०७:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ