बरियारपट्टीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई स्वागत


मनोज बनैता, सिरहा : सिरहाको बरियारपट्टी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत रंजित जंग अधिकारी लाई स्वागत तथा परिचयात्मक कार्यक्रम गरिएको छ ।

गापा अध्यक्ष सन्तोष कुमार महतोको अध्यक्षतामा भएको कार्यक्रममा नायब सुब्बा अमृत लाल यादव, वडाध्यक्ष, संचारकर्मी, शिक्षक, विभिन्न पार्टी आवद्ध राजनीतिकर्मी, समाजसेवी लगायत गाउँपालिकाका अन्य कर्मचारीहरुद्वारा अधिकृत अधिकारीको भव्य स्वागत गरिएको छ ।

अधिकृत अधिकारी आउने बित्तिकै गाउँपालिकाकाको कर्मचारी बैठक पनि सम्पन्न भएको खबर छ । बैठकमा प्रमुख प्रशासकीय अधिकृतबाट उपलब्ध कर्मचारीहरुलाई आवश्यक निर्देशन गरिएको स्रोतले बताएको छ ।

आ.व ०७६/७७ सालमा उपभोक्ता समितिद्वारा गरिएको अधिकान्स बिकास कार्य सम्पन्न भएपनी भुक्तानी पाउन नसकेपछि नयाँ अधिकृत अधिकारीको हाजिरीले उपभोक्ता समितिका सदस्यहरु हर्षित भएका छन । यसअघिका अधिकृतले गा.पालाई आर्थिक बन्धकमा पारेको भन्दै नयाँ अधिकृत अधिकारीको आगमनलाई स्थानीयले सकारात्मक लिएको अध्यक्ष महतोले प्रतिक्रिया दिएको छ । महतोले नयाँ अधिकृत अनुभवी एवं फराकिलो विचारधाराको रहेकोले गा.पाले बिकासको नयाँ आयाम थप्ने विश्वास लिएका छन ।

केहि वर्ष अगाडि सिरहाको लहान नगरपालिकामा रहेको ईलाका प्रशासन कार्यालय लहानमा कार्यरत रहि सेवा गर्दै आएका रंजित अधिकारी, सरुवा भई सप्तरी जिल्लाको बिष्णुपुर गाउँ पालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्भाल्दै आएका थिए ।

प्रकाशित : २०७७ भाद्र ३०, मंगलवार ०८:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ