एक महिनाको शिशुमा कोरोना पुष्टि, कस्तो छ अवस्था ?


मकवानपुर : मकवानपुरमा एक महिनाको शिशुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा ४ का एक महिने शिशुमा मंगलवार विहान कोरोना पुष्टि भएको हो ।

शिशुकी ३६ वर्षीया आमालाई कोरोना संक्रमण देखिएपछि परिवारको समेत स्वाब संकलन गरी पीसीआर गरिएको थियो । हेटौंडा अस्पतालमा सुत्केरी भएकी ती महिलाले केही समय अस्पतालमै बस्नु परेको थियो ।

कोरोना संक्रमित शिशु र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । घरकै आइसोलेसनमा बसेका उनीहरुको चिकित्सकको टोलीले निगानी गरिरहेको बताइएको छ ।

प्रकाशित : २०७७ भाद्र ३०, मंगलवार १३:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ