मृतक महतो परिवारलाई १० लाख क्षतिपुर्ती दिन पुर्वमन्त्री गिरीको माग


टुडेखोज/ जनकपुरधाम : काठमाडौंको कीर्तिपुरमा घरबेटीले कुटपिट गरेर हत्या गरेका शम्भु चौधरी (महतो)का परिवारलाई १० लाख क्षतिपुर्ती दिन पूर्वमन्त्री सरिता गिरीले माग गरेकी छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत विज्ञप्ती जारी गरेर पूर्वमन्त्री गिरीले यस्तो माग गरेकी हुन् । उनले मृतक महतोको तीन बच्चाको निःशुल्क शिक्षाको जिम्मेवारी कीर्तिपुरको सम्बन्धित स्थानीय सरकारले गर्नुपर्ने माग पनि गरेकी छन् ।

मृतक महतोको असहाय परिवारको भविष्यको समेत जिम्मेवारी राज्यले लिनु पर्ने जिकिर गिरीले गरेकी छन् । उनल विज्ञप्तीमा भनेकी छन्, ‘महतोको पत्नी नीतूलाई राज्यले नागरिकता प्रमाण पत्र प्रदानगरी तत्काल उनको लागि रोजगारी को व्यवस्था गरोस् ।’

‘महतोमाथि जुन प्रकारले पानी सार्ने र घर भाडाको निहुँमा घरमालिकले आक्रमण गरे र जसरी प्रहरीले उनको उद्धार गर्नमा ढिलाई गरे र शम्भु महतोको मृत्यु हुन पुग्यो, त्यसबाट मधेशीप्रति समाज र राज्य मा व्याप्त गहिरो घृणा एक पटक फेरी उजागर भएको छ’, विज्ञप्तीमा उल्लेख छ ।

घटनाको सिआइबीबाट छानविन हुनुपर्ने पनि उनको माग छ ।

प्रकाशित : २०७७ भाद्र ३०, मंगलवार १५:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ