कोरोनाबाट सप्तरीका ३५ वर्षीय युवकको ज्यान गयो


टुडेखोज, लहान : सप्तरीका एक कोरोना संक्रमित युवकको उपचारको क्रममा ज्यान गएको छ । खडक नगरपालिका ३ का ३५ वर्षीय युवकको आज बिहान करिब ६ बजे ज्यान गएको हो ।

राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा कोरोना पुष्टि भएपछि उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । भदौं ३० मा त्यहाँ भर्ना भएका उनको आज विहान ज्यान गएको अस्पतालले पुष्टि गरेको छ ।

मृतक युवकमा मिर्गौलाको समस्या समेत थियो । उनी हप्तामा २ पटक डायलासिस गराउँदै आएका थिए । साथै उनमा उच्च रक्तचाप समेत रहेको थियो– प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले भने ।

प्रकाशित : २०७७ भाद्र ३१, बुधबार ०८:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ