करेन्ट लागेर एकैठाउँमा दुई बालक र एक बालिकाको ज्यान गयो


टुडेखोज, दाङ : करेन्ट लागेर दाङमा दुई बालक र एक बालिकको ज्यान गएको छ । घोराही उपमहानगरपालिका १० उत्तरअम्राईका ८ वर्षीय प्रशान्त चौधरी, ४ वर्षीया रेणुका चौधरी र ३ वर्षीय अमृत चौधरीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ९डीएसपी० सुमित खड्काका अनुसार उत्तरअम्राईमा पानी तान्न कुलोमा प्रयोग गरिएको मोटरबाट करेन्ट लाग्दा उनी तीनै बालबालिकाको ज्यान गएको छ ।

मृतक तीनै बालबालिकाको शव पोष्टमार्टमका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र ३१, बुधबार ०९:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ