प्रतिबन्धको असर : नेपालमा प्याजको मुल्य सय रुपैया पुग्यो !


टुडेखोज, जनकपुरधाम : भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीले मनपरी मूल्य तोक्न थालेका छन् । अहिले बजारमा प्याजको मूल्य ह्वात्तै बढेको छ ।

व्यापारीले आफूखुशी मूल्य तोक्न थाल्दा प्याजको खुद्रा मूल्य १०० रुपैयाँ पुगेको छ । भारतले प्रतिबन्ध लगाएपछि भदौ २९ गतेदेखि नै कालीमाटी फलफूल तथा तरकारी बजारमा प्याज आयात बन्द भएको बताइएको छ ।

भारतले निर्यातमा प्रतिबन्ध लगाउनु केही दिनअघिदेखि नै नेपालमा प्याजको मूल्य बढ्दै गएको थियो । कालीमाटी फलफूल तथा तरकारी बजारको दैनिक मूल्यसूचीअनुसार गत १५ दिनमा प्याजको मूल्य करीब ८९ प्रतिशतले वृद्धि भएको छ ।

भदौ १६ गते थोकमूल्य प्रतिकिलो ४२ रुपैयाँ पर्ने प्याज त्यसयता मूल्य बढेर प्रतिकिलो १ सय रुपैयासम्ममा कारोबार भइरहेको छ । भारतले निर्यात बन्द गरेपछि नेपालमा प्याज अभाव हुने र मूल्य अझ बढ्ने अनुमान छ ।

प्रकाशित : २०७७ भाद्र ३१, बुधबार १०:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ