स्वास्थ्य बिग्रेपछि कांग्रेस महामन्त्री डा. कोइराला अस्पताल भर्ना


टुडेखोज, काठमाडौं : उच्च ज्वरो आएपछि नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।

कोरोना भाइरसको संक्रमणको उपचार गराइरहेका डा. कोइराला आज बिहान ६ बजे अस्पताल भर्ना भएका हुन् । उनी चाबहिलको ओम अस्पतालमा भर्ना भएको बताइएको छ ।

भदौ २३ गते महामन्त्री डा. कोइरालामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी महाराजगञ्जस्थित निवासमै आसोलेसनमा बसेका थिए । तर बुधवार उच्च ज्वरो आएपछि अस्पताल भर्ना भएका छन् ।

प्रकाशित : २०७७ भाद्र ३१, बुधबार ११:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ