सिरहा : मोटरसाइकल दुर्घटनामा सेनाका जमदारको ज्यान गयो


टुडेखोज, सिरहा : पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका १ मेदनी पुलमा मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको ज्यान गएको हो ।

आज विहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेके को २२ प २९४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाको श्री बक्स गुल्म अठुङ्गे ब्यारेक म्याग्दीमा कार्यरत जमदार पेशल पाण्डेको ज्यान गएको प्रहरीले जनाएको छ ।

मृतक पाण्डे मोटरसाइकलमा एक्लै सवार थिए । मोटरसाइल तिब्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ । मृतक पाण्डे खोटाङको हौचुरे गाउँपालिका ५ का हुन् ।

प्रकाशित : २०७७ भाद्र ३१, बुधबार १३:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ