पैसा डिसइन्फेक्सन गर्ने मेसिन आयो, कोरोना भाइरसबाट बचाउने !


काठमाडौं : कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला एटिएमबाट निस्किने रुपैयाँ डिसइन्फेक्सन गर्ने मेसिन बजारमा आएको छ ।

खेम्स क्लिनिङ र र्यापिड सर्जिकलले इसइन्फेक्सन गर्ने मेसिन बजारमा ल्याएको हो । उक्त मेसिनले कागजी नोटमा रहेको भाइरसलाई निर्मुल पार्छ । यस्तै अस्पतालमा नियमित प्रयोगमा आउने सामग्री र पानी बाहेक अन्य घरायसी समग्रीहरु पनि डिसइन्फेक्सन गर्न सकिने बताइएको छ ।

मेसिनले बैंकहरुमा पैसासँगै अस्पतालमा पीपीई मास्क, घरमा समेत चस्मा, घडी र अन्य कपडाहरु समेत डिसइन्फेक्सन गर्न सकिने कम्पनीका निर्देशक मनिस थापाले बताए । कुनै पनि समान डिसइन्फेक्सन गर्न ३० सेकेण्डदेखि ४ मिनेटसम्म लाग्न सकिने उनको भनाई छ ।

मेसिनको न्यूरोडमा रहेको कुमारी बैंकमा परीक्षण गरिएपछि बजारमा सार्वजनिक गरिएको छ । कोरोनाले आक्रान्त बनाएको बेला पैसा लगायत दैनिक प्रयोग गर्ने सामानहरु डिसइन्फेक्सन गर्न सकिने भएपछि केही सहज हुने विश्वास कम्पनीको छ ।

प्रकाशित : २०७७ भाद्र ३१, बुधबार १६:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ