धनुषा प्रहरीद्वारा व्यापारीको घरमा छापा, २३ बोरा चिनी बरामद


टुडेखोज, जनकपुरधाम : धनुषा प्रहरीले एक व्यापारीको घरमा छापा मारेर ७९ हजार बराबरको चिनी बरामद गरेको छ ।

विदेह नगरपालिका १ ठाडि गाउँका किसुन पाण्डेको घरमा खानतलासी गर्दा ५० किलोको २३ बोरा चिनी बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए । उनका अनुसार उक्त चिनी अन्दाजी ७९ हजार बराबरको रहेको छ ।

बरामद चिनी आवश्यक कारवाहीका लागि आज भन्सार कार्यालय जनकपुरमा पठाईएको प्रहरीले जनाएको छ । भारतबाट भन्सार छलेर चिनी ल्याएका व्यापारी भने पक्राउ परेका छैन ।

प्रकाशित : २०७७ भाद्र ३१, बुधबार १७:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ