सिरहा कारागार बन्यो ‘कोरोना बम’: ५ सय कैदीमा कोरोना पुष्टि


टुडेखोज, लहान : सिरहा कारागारमा तीन दिनमै ५ सय कैदीबन्दीमा कोरोना पुष्टि भएको छ । बुधवार मात्रै कारागारका २५९ जनामा कोरोना पुष्टि भयो ।

कारागारमा हालसम्म ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख बबिता महतोले पुष्टि गरिन् । उनले भनिन्, ‘कारागारको क्षमता १५० जनाको मात्र भएपनि हाल ५ सय ९९ कैदी छन् ।’

कारागारमा २ सय ७७ जना पुरुष, २० महिला र २ बालबालिका रहेका छन् । सबै संक्रमित कैदीहरुलाई कारागारमै राखिएको छ ।

केहि कैदीमा संक्रमण पुष्टि भएको छैन । तर संक्रमित कैदीहरुलाई कारागारमै राखिएका कारण बाँकी कैदी पनि संक्रमित हुने जोखिम बढेको छ ।

प्रकाशित : २०७७ भाद्र ३१, बुधबार १९:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ