बलान बिहुलमा आरोग्य आयुर्वेद सेवा केन्द्रको उद्घाटन


सप्तरी : सप्तरीको बलान बिहुल गाउँपालिका २ चन्हीस्थित नागरिक आरोग्य आयुर्वेद सेवा केन्द्र संचालनमा आएको छ ।

प्रदेश २ सामाजिक बिकास मन्त्रालयको लगानीमा केन्द्रको स्थापना भएको हो । बुधवार एक समारोहबीच गाउँपालिका अध्यक्ष दयानन्द गोइतले केन्द्रको उद्घाटन गरे । सप्तरीमा आएको ४ वटा केन्द्र मध्ये एउटा केन्द्र बलान बिहुलमा ल्याउन सफल भएको उनले दावी गरे ।

उनका अनुसार यस क्षेत्रमा रहेको जनताहरुको स्वास्थ्यलाई ध्यानमा राखी केन्द्रको स्थापना गरिएको छ । बिहीबारदेखि केन्द्रले सेवा प्रदान गरिनेब ताइएको छ ।

प्रकाशित : २०७७ भाद्र ३१, बुधबार १९:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ