डिजेल र मटितेलको मूल्य घट्यो, पेट्रोलको मूल्य यथावत


टुडेखोज, काठमाडौं : डिजेल र मटितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले डिजेल र मटितेलको मुल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ ।

इन्डियन आयल कर्पोरेशनले भदौ ३१ मा पठाएको मूल्यअनुसार डिजेल र मटितेलको मूल्य घटाइएको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।

नयाँ मुल्य अनुसार डिजेल र मटितेलको प्रतिलिटर मूल्य ९०/९० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

अहिले पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ रहेको छ ।

प्रकाशित : २०७७ भाद्र ३१, बुधबार २०:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ