धनुषाका बलात्कृत किशोरी, अपाङ र विपन्न परिवारलाई राहत


टुडेखोज, जनकपुरधाम : गरिब तथा बिपन्न परिवारहरुका लागि सन्चालनमा आएको फुड बैंक धनुषाले धनुषाको बिभिन्न गाउटोलमा पुगेर राहत वितरण गरेको छ ।

बुधवार पत्रकार कुलदिप प्रेमको पहलमा क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा टोलका एक बलात्कृत किशोरीका परिवारलाई फुड बैंकले ३० किलो चामल, ५ किलो आलु, दुई लिटर तेल, साबुन र नुन लगायतका खाद्यान्न सहयोग गरिएको छ । यस्तै सोही वडाका एक अपाङ्ग परिवार र एउटा विपन्न परिवारलाई समेत खाद्यान्न सामग्री सहयोग गरियो ।

राहत वितरणमा दिपक कुमार चौधरी, रुबी कुमारी झा, रिषिकेश झा, पुजा शर्मा, राहुल झालगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : २०७७ भाद्र ३१, बुधबार २१:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ