कुलमानलाई पुनः नियुक्तिको माग राख्दै प्रदर्शनमा उत्रेका युवाहरुमाथि लाठी चार्ज


काठमाडौं : नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्नुपर्ने मागसहित काठमाडौंमा प्रदर्शनमा उत्रेका युवाहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ ।

बिजुली बजार पुलबाट माइतीघर मण्डलातर्फ मोटरसाइकल र्‍यालीसहित जाँदै गरेका युवाहरुमाथि प्रहरीले लाठीचार्ज गरेका हुन् । केहि प्रदर्शनकारी युवाहरुलाई प्रहरीले नियन्त्रणमा समेत लिएका छन् ।

प्रहरीको लाठीबाट केहि प्रदर्शनकारी घाइते भएका छन् । मोटरसाइकलमा आएका युवाहरुलाई तितरवितर पारेर प्रहरीले साँचो खोस्न थालेको छ । कुलमानको पहिलो कार्यकाल आइतबार सकिएको छ ।

प्रकाशित : २०७७ आश्विन १, बिहीबार १२:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ