वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित


काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी हुन् । गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपतिज्यूले गौतमलाई मनोनित गर्नुभएको छ’, राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भने, ‘अब उक्त सूचना संसद सचिवालयमा जान्छ ।’

गौतम २०७४ को निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका हुन् ।

प्रकाशित : २०७७ आश्विन १, बिहीबार १४:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ