जनकपुर–जयनगर चल्ने रेल भोलि मध्याह्न १२ बजेभित्र आइपुग्ने


जनकपुरधाम : जनकपुर–जयनगर रुटमा चल्ने रेल भारतबाट भोली आइपुग्ने भएको छ । रेल तयार भएर अहिले भारतको पटनास्थित हाजीपुर स्टेसनमा राखिएको छ । त्यहाँबाट भोली मध्यान्ह १२ बजेसम्म जनकपुर आइपुग्नेछ ।

रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर–जयनगर चल्ने रेल भोलि मध्याह्न १२ बजेसम्ममा जनकपुरधाम स्टेसनमा आइपुग्ने बताए । रेललाई स्वागत गर्न महाप्रबन्धक भट्टराई, भौतिक पूर्वाधार र यातायात मन्त्रालयको टोली जनकपुर आउँदैछन् ।

रेल भोली आइपुग्ने भएपनि संचालन कहिलेदेखि गर्ने समय तोकिएको छैन । यद्दपी रेल चाँडै संचालन गरिने तयारी भइरहेको छ । रेल सेवा सुचारु गर्न रेल्वे विभागले १२९ कर्मचारी भर्ना गर्न लागेका छन् ।

प्रकाशित : २०७७ आश्विन १, बिहीबार १५:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ