प्रदेश २ : काठ तस्कर र वन रक्षकबीच गोली हानाहान भएपछि…


टुडेखोज, कलैया : प्रदेश २ को बारामा काठ तस्कर र वन रक्षक टोलीबीच गोली हानाहान भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकास्थित जैतापुर पोष्ट क्षेत्रमा गस्तीमा खटिएका वनरक्षकलाई देखेर तस्करले गोली प्रहार गरे । त्यसपछि वन रक्षक टोलीले पनि जवाफी कारवाहीमा एक राउण्ड गोली चलाएको बुझिएको छ ।

डिभिजन वन कार्यालय बाराका प्रमुख शिवशंकर ठाकुरका अनुसार बुधवार मध्यरातमा तस्कर समुहले २ राउण्ड गोली चलाउँदा जवाफी कार्वाहीमा वन रक्षकले एक राउण्ड गोली चलाए । गोली हानाहानपछि तस्करले साइकलमा लोड गरेको १० वटा सालको गोलीया छोडेर फरार भए ।

वन रक्षकले एकजना तस्करलाई भने पक्राउ गर्न सफल भएको छ । करैयामाई नगरपालिका ४ का स्माइल मिया पक्राउ परेको प्रमुख ठाकुरले जानकारी दिए । उनीमाथि कारबाही अगाडी बढाएको उनको भनाई छ ।

प्रकाशित : २०७७ आश्विन १, बिहीबार १८:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ