प्रदेश २ मा बिहीवार थपिए ११५ कोरोना संक्रमित, हालसम्म कति निको भए ?


टुडेखोज, जनकपुरधाम : प्रदेश २ मा बिहीवार १३ महिलासहित ११५ कोरोना संक्रमित थपिएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या १२ हजार ६०४ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका निमित्त निर्देशक विजय कुमार झाका अनुसार पछिल्लो २४ घण्टामा सबभन्दा बढी सप्तरीका ४९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै रौतहटमा ७ जना, पर्सामा १७ जना, बारामा ९ जना, सर्लाहीमा ५ जना, सिरहामा १२ जना, महोत्तरीमा २ जना र धनुषामा १४ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ४३ पुरुष र ९ महिलाले कोरोना जितेर घर फर्केको बताइएको छ । हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ हजार ८५० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको ज्यान गएको मन्त्रालयले जनाएको छ । हालसम्म ९४ पुरुष र १९ जना महिलाको ज्यान गइसकेको छ ।

प्रकाशित : २०७७ आश्विन १, बिहीबार १९:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ