अब खाली सिलिण्डर २ हजार १ सयमा पाइने


टुडेखोज, काठमाडौं : नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने खाली सिलिण्डरको मूल्य तोकेको छ ।

ग्यास बिक्रेताले फरक–फरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै संघले पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका उद्योगका सिलिण्डरको मूल्य तोकेको हो । वाग्मती प्रदेशभित्र सञ्चालन गरिएका २९ ग्यास उद्योगका खाली सिलिण्डरको मूल्य २ हजार १ सय रुपैयाँ तोकिएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

सिलिण्डर खरिद गर्दा अनिवार्य रुपमा सम्बन्धित उद्योगको धरौटी रसिद बिक्रेता ९डिलर० मार्फत लिन अुनरोध संघले गरेको छ । आफ्नो कम्पनीबाहेक अरुको खाली सिलिण्डर साट्नु गैरकानुनी भएको भन्दै साटेको थाहा भएमा कारवाही गर्ने संघले चेतावनी समेत दिएको छ ।

प्रकाशित : २०७७ आश्विन १, बिहीबार २१:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ