सप्तरीमा मन्त्री साहले गरे एकैदिन १२ योजनाको उद्घाटन


टुडेखोज, सप्तरी : प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले सप्तरीमा एकैदिन १२ वटा योजनाको उद्घाटन गरेका छन् ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका क्षेत्रमै विहिबार आयोजित छुट्टा–छुट्टै समारोहमा मन्त्री साहले ती सबै आयोजनाको उद्घाटन गरेका हुन् । तराई मधेश समृद्वि कार्यक्रम अन्र्तगत प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालाय तथा मन्त्री साहको संसदीय विकास कोषको गरी झण्डै ५ करोड रकमको लागतमा योजनाहरुको निर्माण कार्य सम्पन्न भएको मन्त्री साहका स्वकीय सचिव राजकुमार यादवले जानकारी दिए ।

विहिबार उद्घाटन गरिएको योजनाहरुमा तीन वटा आधारभुत स्वास्थ्य केन्द्र भवन र एक–एक सामुदायिक भवन, अतिथी घर, आर्युवेद औषधालय भवन, बोटनी गार्डेन र धर्मशाला छन् । यस्तै भारतीय सिमासँंग जोडिएको रामपुरा मल्हिनयामा नेपाल–भारत मैत्रीद्वार तथा नगरको विभिन्न तीन स्थानमा स्व. गजेन्द्रनरायण सिंहको स्मारक स्थलको पनि उद्घाटन मन्त्री साहले गरे ।

विकासको प्रचुर सम्भावना रहेर पनि प्रदेश २ निकै पछि परेको बास्तविकतालाई दृष्टीगत गरी प्रदेश २ सरकारले पनि विकासमा जोड दिदै आएको मन्त्री साहले बताए । उनले जनाताको आवश्यकतालाई हेरेर श्रोत साधनले भ्याएसम्म अगामी दिनमा थप योजनाहरुलाई निरन्तरता दिने प्रतिद्धता व्यक्त गरे ।

बिहानै देखी भईरहेको वर्षाका बावजुद पनि आयोजना गरिएको उद्घाटनका अवसरमा राष्ट्रिय सभा सदस्यद्वय शेखर सिंह, मृगेन्द्र कुमार सिंह यादव, पूर्व उपसभामुख गंगाराम यादव, जिल्ला समंवय समितीका प्रमुख प्रभाकर यादव, हनुमाननगर कंकालनी नगरपालिकाका प्रमुख शैलेस साह, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, तिलाठीकोइलाडी गाउँपालिकाका अध्यक्ष सतिस कुमार सिंह, जिल्ला स्वास्थ्य कार्यालायका प्रमुख दुनियालाल यावदको पनि सहभागिता रहेको थियो ।

प्रकाशित : २०७७ आश्विन १, बिहीबार २१:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ