‘कक्षा १२ को परीक्षा सञ्चालनको कुनै निर्णय भएको छैन’


टुडेखोज, काठमाडौं : कक्षा १२ को परीक्षा विधिबारे कुनै निर्णय नभएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

विहिबार बोर्डले विज्ञप्ति जारी गर्दै सञ्चार माध्यममा आएका सबै परीक्षाबारे समाचार झुठा रहेको स्पष्ट पारेको हो । कोभिड १९ का कारण कक्षा १२ को परीक्षा हालसम्म स्थगित अवस्थामा विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, ‘केही सञ्चार माध्यममार्फत आफू खुसी परीक्षा सञ्चालनका विधिहरूबारे काल्पनिक समाचार सम्प्रेषण भइरहेकोले त्यसप्रति परीक्षा नियन्त्रक कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ । बोर्डले परीक्षा सञ्चालनको लागि हालसम्म कुनै निर्णय गरेको छैन ।’

भ्रामक समाचारमा विश्वस नगर्न बोर्डले सबै सरोकारवाला र विद्यार्थीलाई अनुरोध गरेको छ। ‘विद्यार्थी मुल्यांकनका विभिन्न विधिहरु हुन सक्छन,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसतर्फ छलफल चलिरहेको छ । परीक्षा सञ्चालन गर्ने अवस्थामा बोर्डको आधिकारिक निर्णयसहितको परीक्षा तालिका समेत सार्वजनिक सञ्चार माध्यम मार्फत हुने नै छ ।’

बुधबार विभिन्न सञ्चार माध्यममा कक्षा १२ को परीक्षाको लागि कुल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाईन परीक्षा हुने लगायत विधिबाट परीक्षा सम्पन्न गर्न सरकारलाई सिफारिस गरेको भन्ने समाचार सम्प्रेषण भएको थियो ।

प्रकाशित : २०७७ आश्विन २, शुक्रबार ०७:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ