रेल जनकपुर आउँदै, स्टेशमा देखियो भीड (हेर्नुस् फोटोहरु)


किसन साह, जनकपुरधाम : जनकपुर (कुर्था)–जयनगर चल्ने रेल सेट आज जनकपुर आउन लागेको छ । रेल आउन लागेको खबर पाएपछि जनकपुर स्टेशनमा अहिले सर्वसधारणको भीड लाग्न थालेको छ ।

दुई सेट रेल बिहीवार साँझ नै जनपकुर आइपुगेको थियो । आज केहिबेरमै जनकपुरधाम आइपुग्ने बताइएको छ । रेलको जनकपुरमा भव्य स्वागत गरिने तयारी गरिएको छ । भीड नियन्त्रणका लागि सशस्त्र र नेपाल प्रहरी परिचालन भएका छन् ।

रेल आउन लागेको समाचार सुनेपछि हेर्न यहाँ आएको जनकपुरकै विजय मेस्तरले बताए । उनले रेल आउन लागेपछि आफुहरु खुःशी भएको प्रतिक्रिया दिए ।

यस्तै जनकपुरका संजय यादबले रेल आउन विहानैदेखि यहाँ आइपुगेको बताए । उनले भने, ‘कोही भन्थ्यो १० बजे आइपुग्छ । कोहीले १२ बजे आउँछ भन्थ्यो । त्यसैले म विहानैदेखि यहाँ आएर बसेको छु ।’

रेल आउने प्रतिक्षामा लामो समयदेखि थिए, आज त्यो प्रतिक्षा सकिदैछ– उनले थपे । रेल आएपछि जनकपुरका सबै जनता खुसी भएको उनको भनाई छ ।

https://todaykhoj.com/todaykhoj1/19769
https://todaykhoj.com/todaykhoj1/19757
प्रकाशित : २०७७ आश्विन २, शुक्रबार ११:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ