कुलमानलाई पुनः नियुक्त गर्नुपर्ने भन्दै सिरहामा युवाहरुद्वारा प्रदर्शन


रामभरोसी यादब, जनकपुरधाम : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्ति गर्नुपर्ने माग राख्दै सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ ।

‘कुलमान आउ, उज्यालो ल्याउ’ भन्ने नारासहित सयौंको संख्यामा युवाहरुले प्रदर्शन गरेका छन् । जुलुस नगर परिक्रमा पश्चात गरिएको कोणसभामा स्थानिय नेता तथा युवाहरुले कुलमानलाई सरकारले पुनः नियुक्त गर्नुपर्नेमा जोड दिए ।

देशको मुहार फेर्न कुलमानको ठूलो योगदान रहेकाले सरकारले पुनः नियुक्ति गर्नुपर्ने प्रदर्शनमा सहभागी भएका उमेश बरालले बताए । उनले जनताको भावना कदर गर्न सरकारसँग आग्रह पनि गरे ।

घिसिङको चार वर्षे कार्यकाल भदौ २९ गते सकिएको छ । सरकारले उनलाई पुनः नियुक्ति गर्न नचाहेको भन्दै काठमाडौंसहित देशभर आन्दोलन भइरहेको छ ।

प्रकाशित : २०७७ आश्विन २, शुक्रबार १५:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ