जनकपुरमा रेलसँग सेल्फी खिच्नेहरुको तछाडमछाड (हेर्नुस् फोटोहरु)


टुडेखोज, जनकपुरधाम : लामो समयको प्रतिक्षापछि शुक्रवार दिउँसो रेल जनकपुर आइपुगेको छ । रेल हेर्न जनकपुर स्टेशनमा सर्वसधारणको ठूलो घुइचो लागेको थियो ।

रेल आएपछि हेर्न पुगेका सर्वसधारण उत्साहित देखिए । उनीहरु रेलसँग अनेक खालका सेल्फी लिए । सेल्फी लिनेहरु तछाडमछाड चल्यो । भीड व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो ।

जनकपुर– जयनगरको रेल्वे ट्रयाक तयार अवस्थामा छ । दशैंअघि नै रेल संचालनमा आउने रेल्वे विभागका अधिकारीहरुले बताएका छन् ।

प्रकाशित : २०७७ आश्विन २, शुक्रबार १६:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ