असोज ३ : जसपा धनुषाले विरोध प्रदर्शन र ब्लाक आउट गर्ने


टुडेखोज, जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) धनुषाले संविधान जारी भएको दिन असोज ३ गते विरोध प्रदर्शन र ब्लाक आउट गर्ने निर्णय गरेको छ ।

जसपा धनुषाका अध्यक्षद्वय प्रमोद यादब र पशुपति यादबले संयुक्त रुपमा विज्ञप्ती जारी गरेर विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन् । असोज ३ गते जनकपुरको जनक चोकबाट दिउँसो ४ बजे विरोधी र्याली निकाल्ने र साँझ ६ः३० बजेदेखि ६ः४५ बजेसम्म १५ मिनेट ब्लाक आउट गर्ने विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्ती मार्फत विरोध कार्यक्रममा सहभागीताका लागि निर्वाचित जनप्रतिनिधि, केन्द्रिय, प्रदेश र जिल्लाका नेता तथा कार्यकर्ता, शुभेच्छुक, पत्रकार लगायतलाई अपिल समेत गरिएको छ ।

संविधानमा मधेसका मुद्दा सम्बोधन नगरेको भन्दै मधेसवादी दलले संविधान जारी भएकै दिनदेखि हरेक वर्ष ब्लाक आउट गर्दै आएको छ ।

आज मात्रै जसपाका अध्यक्षद्वय उपेन्द्र यादब र महन्थ ठाकुरले समेत विज्ञप्ती जारी गरेर संविधान दिवस नमनाउने र विरोधका कार्यक्रम गर्न आह्वान गरेको छ ।

प्रकाशित : २०७७ आश्विन २, शुक्रबार १७:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ