रेल त आयो, संचालन कहिलेदेखि ? यसो भन्छन् रेल्वे अधिकारी


टुडेखोज, जनकपुरधाम : जयनगर–जनकपुर (कुर्था) चल्ने दुई सेट रेल जनकपुरधाम आइपुगेको छ । राति जनकपुर स्टेशनमै राखिनेछ । भोली पुनः जयनगर स्टेशन पुर्याएर थन्काइनेछ ।

रेल जनकपुर आएपछि धेरैलाई लागेको हुनसक्छ कि भोलीदेखि संचालनमा आउँछ । तर होइन् । रेल संचालनको मिति अझै तय हुन सकेको छैन । रेल्वे विभागका अधिकारीहरु नै रेल संचालन कहिलेदेखि गर्ने विषयमा अन्यौलनमा देखिएका छन् ।

रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले डेढ महिनाभित्रै रेल संचालनमा ल्याउने दावी गरे । उनले टुडेखोजसँग भने, ‘हामीले डेढ महिनामा सबै प्रक्रिया पुरा गर्छौं । त्यसपछि तत्कालै रेल संचालनमा ल्याउने तयारीमा जुटेका छौं । तर कोरोनाको यस्तै अवस्था रह्यो भने रेल संचालना ल्याउन सकिदैन ।’

उनका अनुसार कर्मचारी भर्ना प्रक्रिया सुरु भइसकेको छ । तत्कालका लागि चालकसहित केहि प्राविधिक भारतबाटै आउँछन् । नेपालमा चालक र प्राविधिक तयार भइसकेपछि उनीहरु फिर्ता हुन्छन् । रेल संचालनका लागि ट्रयाक भने तयार अवस्थामा छ ।

रेलको एउटा सेटमा १३ सय यात्रु बोक्ने क्षमता रहेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुस् …

https://www.youtube.com/watch?v=A-lgEOppYPk

शुक्रवार दिउँसो रेल आएपछि जनकपुरबासी खुःशी भएका छन् । रेल हेर्न जनकपुर स्टेशनमा हजारौंको भीड लागेको थियो । भीड नियन्त्रण गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित थिए ।

प्रकाशित : २०७७ आश्विन २, शुक्रबार १८:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ