रौतहटमा सुरु भयो कोरोना परीक्षण, मन्त्री साहले गरे उद्घाटन


टुडेखोज, रौतहट : रौतहटको गौरमा पनि कोरोना परीक्षण सुरु भएको छ । गौर अस्पतालमा जडान भएको अत्याधुनिक रियल टाईम पिसिआर मेशिनको शुक्रवार सामाजिक विकास मन्त्री नवलकिशोर साहले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दै मन्त्री साहले आवश्यक जनशक्तिका साथै औजार उपकरणहरु प्रदेश सरकारले ब्यबस्था गर्ने बताए । कोरोना महामारीको प्रतिकार्यका लागि कोरोना परीक्षणको दायरालाई बढाउन आठै जिल्लामा अत्याधुनिक रियल टाईम पिसिआर मेशिन जडान गर्ने नीति अनुरुप रौतहटमा मेसिन जडान भएको उनको भनाई छ ।

उद्घाटन समारोहमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल कुमारी झा, भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रि योगेन्द्र राय यादव, गौर नगरपालिकाका मेयर अजय गुप्ता, प्रमुख जिल्ला अधिकारि इन्द्रदेव यादव लगायतका उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७७ आश्विन २, शुक्रबार २१:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ