संविधान दिवस : २८९ कैदी बन्दीले पाए माफी, आज रिहा हुँदै


टुडेखोज, जनकपुरधाम : संविधान दिवसको अवसरमा २८९ जना कैदी बन्दीहरुले कैद मिनाहा तथा माफी पाएका छन् ।

मन्त्रिपरिषद्को सिफारितमा २८९ जनाले संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी पाएका हुन् । विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका कैदी बन्दीहरु माफी पाएपछि आज रिहा हुँदैछन् ।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ र फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ को व्यवस्था अनुसार कैदी बन्दीको कैद मिनाह गर्न सक्ने व्यवस्था छ । त्यसका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिका लागि सिफारिस गर्नु पर्छ ।

यस्तै, राम दयाल मण्डल खत्वेलाई अदालतबाट भएको फैसला बमोजिम लागेको कैद र जरिवानसमेत माफी गरिएको छ ।

प्रकाशित : २०७७ आश्विन ३, शनिबार ०८:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ