जनकपुरमा YAN का युवाहरुले पनि गरे संविधानको विरोध


टुडेखोज, जनकपुरधाम : तराई मधेस नेशनल काउन्सिल (TMNC) सँगको सहकार्यमा युथ एशोसिएसन नेपाल (YAN)सँग आवद्ध युवाहरुले पनि संविधान विरुद्ध जनकपुरमा प्रदर्शन गरेका छन् ।

जनकपुरको भानुचोकमा करिब १५/२० जनाको समूहमा रहेका युवाहरुले ‘यो देशमा जन्मेको हाम्रो अभिशाप होइन्, यो संविधान भित्र हाम्रो अधिकार छैन’ जस्ता नारा उल्लेखित प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘राम्रो भनिएको संविधान, हाम्रो कहिले हुने ?’, जबसम्म अधिकार तबसम्म संविधान छैन, मधेसीको अधिकार कुन्ठीत गरेको हाम्रो संविधान छैन जस्ता नारा लेखिएको प्लेकार्ड समेत बोकेका थिए ।

दोस्रो संविधानसभाबाट २०७२ साल जारी भएको संविधानको ५ बर्ष पुरा भएको छ । यद्दपी संविधान जारी भएकै दिनदेखि मधेसी, जनजाती, मुस्लिम, आदिवासी लगायतका समुदायले आफ्नो अधिकार संविधानमा उल्लेख नभएको भन्दै विरोध गरिदै आएको छ ।

सरकारले पटक पटक संविधान संशोधन गर्ने सपना पनि देखाए । तर संशोधन नहुँदा संविधान देशका आधा बढी जनसंख्याले स्वीकार गरेका छैन । हरेक वर्ष असोज ३ मा सरकारले संविधान दिवस मनाउन आह्वान गर्छन्, तर जनता असोज ३ लाई कालो दिनको रुपमा विभिन्न विरोधका कार्यक्रम गर्दै आएका छन् ।

प्रकाशित : २०७७ आश्विन ३, शनिबार १८:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ