धनुषा : मधेसी विरोधी भन्दै संविधान जलाइयो, प्रहरीद्वारा लाठीचार्ज


टुडेखोज, जनकपुरधाम : धनुषाको सबैलामा प्रहरी हिरासतमा मृत्यु भएका शम्भु सदाको आमाको नेतृत्वमा युवाहरुले आज साँझ संविधान जलाएको छ ।

मधेस विरोधी संविधान रहेको भन्दै युवाहरुले जलाउन खोज्दा प्रहरीले लाठी चार्ज गरेका छन् । केहि युवालाई प्रहरीले लखेटी लखेटी कुटेको स्थानीयले बताए । प्रहरीले लाठीचार्ज गर्दा युवाहरुबीच भागाभाग भएको थियो ।

यता, संविधान जलाउनेहरुलाई रोक्न खोजेपछि सामान्य बल प्रयोग गर्नुपरेको ईलाका प्रहरी कार्यालय सबैलाका इन्सपेक्टर रामकुमार यादवले जानकारी दिए । प्रहरीको लाठीबाट कसैलाई चोटपटक नलागेको उनले दावी गरे ।

यस्तै जनकपुरधाममा युथ एशोसिएसन अफ नेपालसँग आवद्ध युवाहरुले पनि संविधान जलाएका छन् । मधेस विरोधी संविधान रहेको भन्दै संशोधन गर्नुपर्ने धारा उपधारा जलाएको यानका अध्यक्ष राहुल यादवले बताए ।

प्रकाशित : २०७७ आश्विन ३, शनिबार २०:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ