जुत्ता पालिस गरेर महिनाको १८ लाख कमाउँछन यि व्यक्ति


मानिसहरुले जस्तो काम पनि गरिररहेका हुन्छन् । काम अनुसार पैसा पनि थारै र धेरै हुने गर्छ । भनिन्छ काम ठूलो र सानो हुँदैन । यस्तै सानो कामबाट शुरु गरेमा भोली ठुलो हुँदै जान्छ ।

सानै कामबाट पनि धेरैले राम्रो कमाई गरिरहेका छन् । जुत्ता पालिस गर्ने काम हामी धेरै नै सानो मान्छौ । तर जुत्ता पालिस गरेर नै एक जनाले लाखौ कमाइरहेका छन् । तपाईलाई पत्यार नलाग्ला, तर डान वार्ड नामका एक व्यक्तिले जुत्ता पालिस गरेर नै लाखौ कमाउँछन् ।

उनी अमेरिकाको मैनहट्टन शहरमा बस्छन् । पहिले फोटो स्टुडियोमा काम गर्थे उनी । तर उनलाई यस कामले गुजारा चलाउन नै गाह्रो भयो । त्यसपछि उनले त्यो काम छोडेर जुत्ता पालिस गर्ने कार्यको सुरुवात गरे ।

जुत्ता पालिस गरिरहेका उनी अहिले आफ्नो कामबाट सन्तुष्ट छन् । उनी रमाइला छन् । जुत्ता पालिस गर्ने समयमा उनले सबैलाई हसाइरहने गर्छन् । तपाईलाई अचम्म लाग्ला, उनले जुत्ता पालिस गरेर महिनामै १८ लाख रुपैयाँ कमाउँछन् ।

पसलमा बसेर उनी हाँस्दै मानिसहरुलाई जुत्ता पोलिस गर्न आग्रह गर्छन् । उनले यस काम गर्दा धेरै मजा आएको र साथीहरुले गरेको देखेर आफुले यो काम गरेको बताएका छन् ।

प्रकाशित : २०७७ आश्विन ४, आईतवार ०८:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ