महामारीका बेला पनि सेवा गर्ने सिराहा ७ पत्रकारसहित २२२ जना सम्मानित


टुडेखोज, सिरहा : संविधान दिवसका अवसरमा सिराहामा कोरोना महामारीको फ्रन्टलाइनमा खटिएर सेवा प्रदान गरेका २ सय २२ जना सम्मानित भएका छन् ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेलको अनुसार कोभिड–१९ संक्रमण जोखिम न्यूनीकरणका लागि बनाइएको संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र जिल्ला सुरक्षा समितिले संविधान दिवसका अवसरमा विभिन्न संचारकर्मी, स्वास्थकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक लगायतलाई गम्छा र कदरपत्रले सम्मान गरिएको हो ।

सम्मानित हुने संचारकर्मीहरुमा नेपाल पत्रकार महासंका केन्द्रीय सदस्य देवकुमार यादव, नयाँ पत्रिकाका सम्वादाताद्वय सुरेन्द्र कामती र मणिलाल विश्वकर्मा, रातोपाटीका सिरहा सम्वादाता रामभरोसी यादव, मिथिलारत्न राष्ट्रिय दैनिकका सम्पादक शिवदयाल यादव, मिता एफएमकी यमुना खनाल, नेपाल पत्रकार महासंघ शाखा सिरहाका कोषाध्यक्ष मनोज बनैतासहितका छन् ।

त्यसैगरी नेपाल रेडक्रस सोसाइटी सिराहा शाखाले आफ्नो मातहतका पाँचजना एम्बुलेन्स चालकलाई जोखिम भत्ता दिने घोषणा गरेको छ ।

संविधान दिवसका अवसरमा शाखा र उपशाखा मातहतका एम्बुलेन्स चालकलाई कोभिड– १९ मा खटिएको प्रोत्साहन स्वरूप १५/१५ हजार जोखिम भत्ता दिने घोषणा रेडक्रस सिराहाका सभापति राजदेव यादवले गरेका हुन् । जोखिमका बाबजुद काम गरिरहेकाले प्रोत्साहन स्वरुप जोखिम भत्ता दिने उनको भनाई छ ।

प्रकाशित : २०७७ आश्विन ४, आईतवार ०९:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ