नेपालमा कोरोनाबाट पहिलो पटक सेनाका जवानको मृत्यु


टुडेखोज, काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो पटक सेनाका एक जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको कोरोनाबाट मृत्यु भएको हो । उनी लामो समयदेखि ब्‍लड क्यान्सरका बिरामीसमेत थिए ।

उनको २९ भदौमा मृत्यु भएको थियो । तर असोज १ मा आएको रिपोर्ट अनुसार उनी कोरोना संक्रमित देखिएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म नेपाली सेनाका २ हजार ५६ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य ‌रहेको छ ।

प्रकाशित : २०७७ आश्विन ४, आईतवार १२:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ