आईपीएल क्रिकेट : दोस्रो खेलमा दिल्ली र किङ्स इलाभेन भिड्दै


१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको दोस्रो खेलमा दिल्ली क्यापिटल्सले आज किङ्स इलाभेन पञ्जाबको सामना गर्दैछ ।

आज साँझ ७ः४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा खेल सुरु हुनेछ । दिल्ली क्यापिटल्स टीममा नेपाली लेग स्पीनर सन्दीप लामिछाने पनि आबद्ध छन् ।

यसअघि १२ औँ संस्करणमा क्वालिफायर खेलेको सन्दीपको टिम दिल्लीले तुलनात्मक रूपमा कमजोर किङ्सको सामना गर्न लागेको हो । अघिल्लो वर्ष दिल्लीले क्वालिफायरमा चेन्नई सुपर किङ्ससँग पराजित भएको थियो ।

दिल्लीले १४ खेलमध्ये ९ खेलमा जित हासिल गरेको थियो । त्यस्तै समान खेल खेलेको किङ्सले ६ खेल मात्र जितेको थियो । कोरोना महामारीका कारण मिति सर्दै आएको आईपीएल अन्ततः संयुक्त अरब इमिरेट्स (युएई) मा शनिबारबाट सुरु भएको छ ।

दिल्लीको प्लेइङ ११ मा पर्न सन्दीपलाई कठिन हुने देखिएको छ । दिल्लीमा सन्दीपसँगै अन्य स्पीनरहरू अमित मिश्रा, रवीचन्द्रन आश्विन र अक्षर पटेल रहेका कारण उनलाई प्लेइङ ११ मा पर्न मुश्किल रहेको बताइएको छ ।

प्रकाशित : २०७७ आश्विन ४, आईतवार १४:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ