पक्राउ परेको चोर भागेपछि असई यादबलाई निलम्बन गरियो


टुडेखोज, काठमाडौं : चोरी गरेको आरोपमा पक्राउ परेका चार जना भागेको घटना छानविन गर्न प्रहरी सहायक निरीक्षक (असई)लाई निलम्बन गरिएको छ ।

असइ वीरेन्द्र राय यादवलाई निलम्बन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र राठौरले जानकारी दिए । उनका अनुसार कालीमाटी प्रहरीको घेरा तोडेर चार जना भागेका थिए । सोही घटनाको छानविनका लागि उनलाई निलम्बन गरिएको छ ।

चोरी आरोपमा अनिल जैसवाल, सुजित गुप्ता, आशु जैसवाल र रविन्द्र जैसवाल पक्राउ परेका थिए । उनीहरु असोज २ गते हत्कडीसहित भागेको बताइएको छ ।

प्रकाशित : २०७७ आश्विन ४, आईतवार १५:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ