कोरोना अपडेट : धनुषाका एक पुरुषसहित १० जनाको ज्यान गयो


टुडेखोज, जनकपुरधाम : कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा धनुषाका एक पुरुषसहित १० जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १० जनाको ज्यान गएको औपचारिक रुपमा पुष्टि गरेको छ । ६ जना महिला र ४ जना पुरुषको ज्यान गएको हो ।

काठमाडौंका तीन महिला (४०, ६० र ६३ बर्षिया)को ज्यान गएको छ । यस्तै ललितपुरकी ७५ बर्षिय, भक्तपुरकी ७२ बर्षिय र पाल्पाकी ४० बर्षिय महिला रहेका छन् ।

यस्तै धनुषाका ७६ बर्षिय, काठमाडौंका ८२ बर्षिय, चितवनका ८० बर्षिय र रुपन्देहीका ६७ बर्षिय पुरुषको पनि ज्यान गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४११ पुगेको छ ।

प्रकाशित : २०७७ आश्विन ४, आईतवार १६:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ