अब आइसोलेसनको व्यवस्थापन स्थानीय सरकारले गर्नुपर्ने


टुडेखोज, काठमाडौं : कोरोना संक्रमित बस्ने आइसोलेसनको व्यवस्थापन स्थानीय सरकारलाई दिने निर्णय गरिएको छ । अब होम आइसोलेसन र संस्थागत आइसोलेसनको स्थानीय तहले लिनुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्‍वर गौतमले आइतबारको नियमित मिडिया ब्रिफिङमा भने, ‘अबदेखि आइसोलेसनको व्यवस्थापन स्थानीय तहले गर्नुपर्छ । होम आइसोलेसन र संस्थागत आइसोलेसन दुवैको निगरानी, व्यवस्थापन र अनुगमनको जिम्मा स्थानीय तहलाई दिने निर्णय भएको छ ।’

कोरोना पुष्टि भएपछि होम आइसोलेसन र संस्थागत आइसोलेसनमा १४ दिन राखेपछि अनिवार्य डिस्चार्ज गर्न पनि आग्रह गरिएको छ । देशभर अहिले ४९ वटा ल्याबबाट कोरोना परीक्षण भइरहेको छ ।

प्रकाशित : २०७७ आश्विन ४, आईतवार १७:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ