प्रदेश २ मा आईतबार कहाँ कति कोरोना संक्रमित थपिए ? हेर्नुस् डिटेल


टुडेखोज, जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १२ जना महिला रहेकी छन् ।

प्रदेश २ का सामाजिक विकास मन्त्रालयका अनुसार आईतवार सिरहामा १८ जना, रौतहटमा २६ जना, सर्लाहीमा ८ जना, पर्सामा १२ जना र सप्तरीमा १८ जनामा कोरोना पुष्टि भएको छ । योसँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ९४६ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । बाराका २ जना, रौतहटका १ जना र पर्साका २ जनाको ज्यान गएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमित निको भई घर फर्केका छन् । जसमध्ये २ महिला छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ हजार ४४ रहेको छ ।

प्रकाशित : २०७७ आश्विन ४, आईतवार १८:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ