सिरहा : पिकअपले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको ज्यान गयो


टुडेखोज, जनकपुरधाम : पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका ७ पुरानो चोहर्वामा भएको दुर्घटनामा एक महिलाको ज्यान गएको छ ।

स. ६ प. ३९९३ नम्बर मोटरसाइकलमा पछाडीबाट अनटेस्ट पिकअप गाडीले ठक्कर दिँदा मोटरसाइकलमै सवार एक महिलाको ज्यान गएको हो । छिनमस्ता गाउँपालिका ४ की ५५ वर्षीय ललितादेवी साहको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाईते भएकी उनलाई गोलबजारस्थित भुमिजा अस्पताल लैजाने क्रममै ज्यान गएको प्रहरीको भनाई छ । घटनाबारे थप विवरण आउँन बाँकी छ ।

प्रकाशित : २०७७ आश्विन ४, आईतवार १८:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ