प्रदेश २ मा कोरोनाबाट एकैदिन ५ जनाको ज्यान गयो, मृतक संख्या १२१ पुग्यो


टुडेखोज डेस्क, जनकपुरधाम : प्रदेश २ मा कोरोनाबाट थप ५ जनाको ज्यान गएको छ । योसँगै यस प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२१ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयले पछिल्लो २४ घण्टामा यस प्रदेशका पर्सामा २ जना, बारामा १ जना र रौतहटमा १ जनाको ज्यान गएको भनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने धनुषामा पनि कोरोनाबाट एक जनाको ज्यान गएको बताएको छ ।

सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार बाराको कलैया उपमहानगर १३ बलिरामपुरका ६५ वर्षीय पुरुष, रौतहट गौर नपा १ का ६१ वर्षीय पुरुष, पर्साको वीरगन्ज नपा ४ का ७८ वर्षीय पुरुष र वीरगन्ज नपा ६ का ८८ वर्षीय पुरुषको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धनुषाका ७६ वर्षीय पुरुषको पनि कोरोनाबाट ज्यान गएको बताएका छन् । मृतकको पहिचान भने खुलाएको छैन ।

प्रकाशित : २०७७ आश्विन ४, आईतवार १९:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ