आन्तरिक उडान भोलिदेखि सुरु हुँदै, कोरोनाका शंकास्पद यात्रु चढ्न नपाउने


जनकपुरधाम : लकडाउनका कारण गत चैतदेखि नै बन्द रहेको नियमित आन्तरिक उडान भोलिदेखि खुल्ने भएको छ ।

कोरोना कहरकै बीचमा खुल्न लागेको उडानका लागि एयरलाइन्सदेखि नियमक नागरिक उड्डयन प्राधिकरण र विमानस्थलहरुले तयारीमा जुटेका हुन् ।कोरोना संक्रमणलाई फैलिन नदिनका लागि भन्दै विभिन्न बाध्यकारी निमयहरु पनि लागू गरिएको छ । अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, ज्वरो तथा रुघाखोकी लागेर कोरोना संक्रमणको शंकास्पद देखिएकालाई उडानमा जान नदिने नियम बनाएको छ ।

यात्रुले कसरी सुरक्षित यात्रा गर्ने र एयरलाइन्सले के गर्नुपर्ने भनेर नेपाल नागरिक उड्डयन प्राधिकरले नियम बनाएर विमानस्थलहरुमा देखिनेगरी राख्ने व्यवस्था मिलाइसकेको जानकारी दिएको छ । यस बाहेक एयरलाइन्सहरुले पनि यात्रु सचेतनाका लागि विभिन्न प्रबर्द्धनात्मक अभियान चलाउनेछ । यसैबीच बुद्ध एयरले जानकारीमुलक भिडिओ सन्देश जारी गरेको छ ।

भोलिदेखि सुरु हुने उडानका लागि बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले पोखराका लागि ५ हजार ९९९ रुपैयाँ र चितवनका लागि ७ हजार ९९९ रुपैयाँको होलिडे प्याकेजहरु पनि ल्याएको छ ।

दुई रात तीन दिनको यस प्याकेजमा दुईतर्फि हवाई टिकट, तारे होटलको बसाई, बिहानको खाजा तथा एयरपोर्ट पिकअपड्रप समावेश रहेको बुद्धले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन ४, आईतवार २०:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ